April 22, 2025

चितवनबाट ठूलो मात्रामा गाँजा र ट्रक बरामद

January 28, 2021
photo : khabartarang
- ADVERTISEMENT -

चितवन / चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर १ स्थित लोथरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकबाट अन्दाजी १५० केजी अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको हो ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६. ख. १३७१ नम्बरको ट्रकमा गाँजा लैजाँदै गरेको छ भन्ने विशेष सुराकीको आधारमा भण्डाराबाट प्रहरी निरीक्षक गिरी र सशस्त्र प्रहरी बल भण्डाराबाट खटिएको संयुक्त प्रहरीको टोलीले ‘बुधबार’ राती ९ बजे उक्त परिणामको गाँजा बरामद गरेको हो ।

- ADVERTISEMENT -