February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उबासंघ खैरहनीको निर्वाचनमा खस्यो ९१ प्रतिशत मत, मतगणना आजै हुने

February 1, 2021

चितवन / उद्योग बाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेको छ । मतदानमा कुल मतादाताको ९१ प्रतिशत अथवा १३०४ मत खसेको प्रमुख निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले बताए । कुल १४३० जना मतदाता रहेका थिए।
मतगणना आजै साढे ८ बजेबाट हुने प्रमुख निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले जानकारी दिए । नयाँ कार्यसमिति चयनका लागि प्रगतिशील समुहबाट शेष कुमारी ओली र लोकतान्त्रिक समुहबाट दिपेन श्रेष्ठको नेतृत्वमा प्यानल चुनाबी मैदानमा छ ।

- ADVERTISEMENT -