–पूजा ढकाल
चितवन । चितवनमा ५६ जना कुष्ठरोगका नयाँ संक्रमितहरु भेटिएका छन् । ‘द लेप्रसि मिसन नेपालले आयोजना गरेको ३८औं विश्व कुष्ठरोग दिवस कार्यक्रममा ५६ जना कुष्ठरोगका नयाँ संक्रमितहरु भेटिएको बताइएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म माइक्रो व्याक्टेरियम लेप्रे नामको किटाणुबाट लाग्ने गरेको पाइएको बताए ।
उनका अनुसार जिल्लामा प्रति दस हजार मध्ये एक जनाभन्दा कम व्यक्तिमा यो कुष्ठरोग संक्रमण देखिएको छ । हाल जिल्लामा १ सय १६ जना यो रोगका संक्रमितहरु रहेको उनको भनाइ थियो । उनले ३ बर्षसम्म यसको लगातार मापन गरिएको पनि जानकारी गराए ।
चालु आर्थिक बर्ष २०७५–२०७६ का अनुसार हाल चितवनमा ५६ जना कुष्ठरोगका नयाँ बिरामीहरु भेटिएका छन् । यो रोग दुई प्रकारको हुन्छ जुन पि.बि. र म.बि. हो । उक्त रोग मानिसको छाला र स्नायुमा लाग्ने कम सरुवा र दीर्घरोग मानिने यो रोग उपचारका माध्यमबाट निर्मुल पार्न सकिन्छ ।
उनले यो संख्या चालू आर्थिक बर्ष २०७५–७६ मा प्रति १० हजारमा ०.९५५ र २०७४–७५ मा १.२१५ रहेको बताए । नेपाल सरकारद्वारा यो रोगको निःशुल्क उपचार गरिने भएकाले रोग नलुकाउन स्वास्थ्य कार्यालय चितवनले सबैलाई आग्रह पनि गरेको छ ।
चालू आर्थिक वर्षका नयाँ ५६ जना संक्रमित मध्ये भरतपुर महानगरपालिकाका २९, रत्नगर नगरपालिकाका २०, कालिका नगरपालिकाका १, खैरहनी नगरपालिकाका ९ त्यस्तै राप्ती र माडी नगरपालिकाका ५–५ जना रहेको ‘द लेप्रसि मिसन नेपाल’की जिल्ला संयोजक सुशीला श्रेष्ठले बताइन् ।
विशेषतः यो रोग २–५ बर्ष उमेर समुहका बालबालिका र ३० बर्षभन्दा माथिका मानिसलाई लाग्ने सम्भावना रहेको पाइन्छ । यो मानिसमा लाग्ने रोग हो जसको लक्षण सामान्य तया छुँदा थाहा नपाउने रातो फुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने छाला चम्किने र बाक्लो हुने, बाहिरी भाग सुनिने आदि हुन् ।
मुख्यतया यो रोगले हात खुट्टा र आँखामा असर गर्ने गरेको पाइन्छ । यो मानिसमा मात्र लाग्ने रोग हो जसको १ डोज औषधी सेवनले पनि ९९.९७५ व्याक्टेरिया निष्कृय हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने कुरा श्रेष्ठले भनिन् ।
- ADVERTISEMENT -

चितवनमा ५६ कुष्ठरोगका नयाँ संक्रमितहरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66











