चितवन / चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका छन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले, ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको विक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शङ्करप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।
श्रेष्ठले शङ्करप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशङ्का गरिएको भए पनि पोष्ट मार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताए । बच्चा बिरामी भएको थाहा नै ढिलागरी पाइएकाले बचाउन नसकिएको उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकसँग छलफल भइरहेको बताए । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको उनले जानकारी दिए । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमूना लिएर पठाइएको छ । बरालले यहाँ परीक्षण नहुने भएपछि काठमाडौँ पठाइएको बताए ।
यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाइएको थियो । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ । रासस
- ADVERTISEMENT -

चितवन निकुञ्जका छ महिनामा मरे पाँच हात्ती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66











