२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

‘अदालतले संसद् विघटनको मुद्धा सदर गरे निर्वाचनको तयारी गर्नुस्’

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते
- ADVERTISEMENT -

मकवानपुर / राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता,कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।
नेपाली समाज सनातन मूल्य,मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरे।
कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।
कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्कीलगायतले मनतव्य व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -