२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेँसीसहर–चामे र लोकमार्गमा राति सवारी सञ्चालनमा रोक

प्रकाशित मिति : २०८३ असार १६ गते

लमजुङ / यात्रा गर्न जोखिम बढेको भन्दै आज (मंगलबार) देखि रात्रिकालीन समयमा बेँसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

- ADVERTISEMENT -

Advertisement

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “बेँसीसहर(चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार–भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।”

यस सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने उनले बताए । जिल्ला प्रशासन कार्यालय लमजुङले सो बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकामा क्षमासमेत मागेको छ ।

- ADVERTISEMENT -

Advertisement

आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । वर्षाको समयमा पहिरो जानसक्ने सम्भावना रहेकाले यसरी जिल्लामा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको उनको भनाइ छ ।

बेँसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्दछ भने बेँसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्दछ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो ।

लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएको छन् । यो सडक लामो समय अवरुद्ध हुँदा हेलिक्टरमार्फत स्थानीय आवतजावत गर्न बाध्य हुँदै आएको छन् ।

त्यस्तै राइनास नगरपालिकाबाट मध्यनेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर पर्दछ । यस सडकको विशेष गरी मध्यनेपाल नगरपालिका(१० बीमिरे भञ्ज्याङमा बढीपहिरो जाने र सडक अवरुद्ध हुने समस्या सहँदै आएको छ । विशेष गरी यो सडक मनाङ र लमजुङका स्थानीयले पोखरा जानआउनको लागि प्रयोग गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58