२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्नातक तहको बिई चारवर्षे कोर्षमा भर्ना लिँदै युटेक कलेज

प्रकाशित मिति : २०८३ असार १७ गते

चितवन / पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज (युटेक) भरतपुर–११, चितवनले शैक्षिक सत्र २०८३–०८४ का लागि इन्जिनियरिङ तर्फका स्नातक (व्याचलर अफ इन्जिनियरिङ) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ ।

गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा चारवर्षे बिई सिभिल इन्जिनियरिङतर्फ ९६ सिट, बिई कम्प्युटर इन्जिनियरिङतर्फ ४८ सिट, बिई इन्फरमेसन टेक्नोलोजी ९आइटी०तर्फ ४८ सिट र बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ ४८ सिटमा भर्ना खुला गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि युटेक कलेज रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार इन्जिनियरिङ अध्ययनमा छनोट हुनका लागि यही असार २२ गते दिउँसो १ः०० बजे प्रवेश परीक्षा राखिएको छ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरू हुने ढकालले जानकारी दिए ।

युटेक कलेजमा अहिले बिई कार्यक्रमअन्तर्गत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बिई इन सिभिल इन्जिनियरिङ, बिई इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बिई इन कम्प्युटर इन्जिनियरिङ र बिई इन्फरमेसन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलाइएको हो ।

कलेजले विद्यार्थीहरुको सहजताका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १०० प्रतिशतसम्मको छात्रवृत्तिको अवसर रहेको छ ।

पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा, आधुनिक प्रयोगशाला तथा अत्याधुनिक शैक्षिक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन, उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली र अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सिकाइमा विशेष जोड दिइएको कलेजले जनाएको छ ।

इन्जिनियरिङ क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न कलेजले आग्रह गरेको छ । विस्तृत विवरण र थप जानकारीका लागि फोन नं ०५६–५९३९३१ र मोबाइल नं ९८५५०५०८६० मा सम्पर्क गर्न सकिने कलेजले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72