२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

मकवानपुरमा २५ किलो गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको विशेष टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका ११ नवलपुरमा हेटौंडा तर्फ आउँदै गरेको ना १ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याएको २५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ – १ पलासेका २१ बर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० बर्षीय बाबुराम थोकर रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी ईन्द्र बहादुर रानाले बताएका छन। गाँजा सहित पक्राउ परेका व्यक्ति र अटोमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -