२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

मिर्गौला पीडितलाई करिब डेढ लाख सहयोग

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते
Photo : Ichchhakamana
- ADVERTISEMENT -

आँबुखैरेनी । मिर्गौला रोगबाट पीडित भुवन तामाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी तामाङलाई स्विट्जरल्याण्डबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
स्वीसवासी नेपालीहरुबाट आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगबाट पीडित तामाङलाई १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग आएको हो ।
तनहुँको आँबुखैरेनी ३ निवासी तनकुमार श्रेष्ठको सहयोगमा उक्त रकम संकलन भएको हो भने उनले संकलित रकम पिडित तामाङलाई हस्तान्तरण गरेका हुन् ।
तामाङ पेशाले सवारी चालक हुन् । उपाचारका लागि अस्पताल आवातजावतमा समेत रकम अभाव भएपछि उनले आर्थिक सहयोगको अपिल गरेका थिए ।

- ADVERTISEMENT -