गैँडाकोट / गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबीचको समन्वयमा ‘कछार अर्गानिक खाना महोत्सव २०७७’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबीचको समन्वयमा उक्त महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक खड्क पाङमीले जानकारी दिए ।
संयोजक खड्गीका अनुसार तनहुँको कछार क्षेत्रबाट बसाइँ सरी आएका नवलपुर–गैँडाकोट सम्पर्क समाजले गैँडाकोटमा एकदिने ‘कछार अर्गानिक खाना महोत्सव–२०७७’ गरेको हो ।
उनले एकदिने महोत्सवमा कछार क्षेत्रमा प्रचलित तर, लोप हुने अवस्थामा पुुगेका खानाका परिकार राखिएको थियो । पहाडी क्षेत्रमा पाइने, सिस्नु, तरूल, सामा, काग्नु, बोडी, गुन्दुुकको अचार, भटमास, मासको बारा, सुँगुरको मासुलगायतको परिकारहरु बनाइएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुुरूङसँगै चर्चित गायक एवम् सर्जक रमेशराज भट्टराई, बलविक्रम थापामगरले सांस्कृतिक प्रस्तुति दिएका थिए । साथै सुमन आलेमगर, हिमकुमार थापामगर, सपना परियार, हिलसिंह थापामगर, रञ्जिता थापामगर, यमलाल भण्डारी, रमेश गैरेलगायतका कलाकारहरुले पनि आआफ्नो प्रस्तुतिमार्फत भरपूर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा कछार क्षेत्रमा प्रचलनमा रहेका मौलिक संस्कृतिसँगै तराईका आदिवासी जनजाति समुदाय थारुका सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
गैंडाकोटमा ‘कछार अर्गानिक खाना महोत्सव’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
