२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

इन्टरनेशनल स्काउटको दुई दिने स्काउट क्याम्प सम्पन्न

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते

खैरहनी,फागुन १६- चितवनको खैरहनी नगरपालिका-६ मा रहेको इन्टरनेशनल स्काउट ट्रुपको आयोजनामा दुई दिने स्काउट क्याम्प सम्पन्न भएको छ । रत्ननगर- ९ स्थित कपरखोरी होमस्टेमा संचालित उक्त कार्यक्रममा एथलेटिक्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव धनविर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। चौधरीले स्काउटहरु समाजका अनुशासित, स्वाबलम्वी र चरित्रवान् युवाशक्ति भएकाले घर, टोल, समाज र देशकै लागि सदैव महत्त्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा स्काउट लिडर शिव प्रसाद बराल क्याम्प चिफको रुपमा रहेका थिए। कार्यक्रममा विशिष्ट अथितिको रुपमा स्काउ/रोभर लिडर तथा सि.ए.एल.टि सन्तोष बस्ताकोटी रहेका थिए।उनले देशका लागि आवश्यक परेका जुनसुकै बेला स्काउट लगायत सबै युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए। त्यस्तै,विशेष अतिथिको रुपमा ईन्टरनेशनल बोर्डिङ्ग स्कुलकी प्रबन्ध निर्देशक मन्जु चौधरी रहनुभएको थियो भने अतिथिको रुपमा शिक्षक सन्जय चौधरी सुदर्शन घिमिरे,रोहित सुवेदी,अम्बिका सापकोटा,अनिशा श्रेष्ठ,प्रकाश नेपाली,ईश्वर श्रेष्ठ ,रन्जना थापा,सिषम चौधरी,गौतम चौधरी अभिषेक चौधरी लगायत रहनुभएको थियो। सोही कार्यक्रममा,ट्रुपका ७० स्काउट दिक्षित समेत भएका थिए। कार्यक्रममा पायनोरिङ,टायर क्रसिङ्ग ,हाईकिङ्ग,फस्ट एड, सांस्कृतिक कार्यक्रम,फेस पेन्टिङ्ग,बेलुन ब्लाष्ट,स्पोन एन्ड मार्वल पास लगायत विविध साहसिक,रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा बर्षको उत्कृष्ट स्काउटको रुपमा निशान पाण्डे र एम्बिजा अधिकारी “बेष्ट स्काउट अफ द एयर” शिर्षकमा सम्मानित भएका थिए। क्याम्प अवधिभर निकै उत्कृष्ट कार्य गरेको भन्दै स्काउट बिपिन मोक्तान र शितल थापा मगरलाई “बेष्ट स्काउट अफ द क्याम्प” प्रदान गरिएको थियो। दुई दिन सम्म संचालित उक्त क्याम्पको संयोजन स्काउट लिडरद्वय चन्द्रलाल चौधरी र सम्झना बर्तौलाले गर्नुभएको थियो । कार्यक्रम ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्राचार्य एवं ईन्टरनेशनल स्काउट ट्रुपका अध्यक्ष धनविर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99