२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

मकवानपुरमा २ सय १५ वटा महिला हिंसाको घटना दर्ता

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते
Photo : Himalkhabar

मकवानपुर / केही समय अघिसम्म हिंसामा पर्दा घरको कुरा बाहिर जान दिन हुँदैन, आफनोसँगै परिवारको इज्जत जान्छ भन्ने सोच राख्ने महिला पछिल्लो समय खुलेर हिंसाविरुद्ध न्याय माग्नसक्ने भएका उदाहरण सार्वजनिक हुन थालेका छन्। यसअनुरुप चालु आर्थिक वर्षको ७ महिना अवधिमा मकवानपुरमा १ सय ४७ महिलामाथि घरेलुहिंसा भएका घटना जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको छ।
जसमध्ये १ सय २४ घटना फच्छ्योट भएको छ भने बाँकी फच्छ्योट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्र शाखाले जनाएको छ।
चालु आर्थिक वर्षको साउनमा महिलामाथि हुने घरेलुहिंसाका २१ घटना दर्ता भएको थियो । जसमा १७ घटना फच्छ्यौट भएका छन् । भदौमा १४ वटा घटना दर्ता भएकोमा १३ वटा फच्छ्यौट भएका छन् । असोजमा २३ वटा घरेलुहिंसाका घटना दर्ता भएकोमा २३ वटै घटना फच्छ्याट भएको जनाइएको छ । कार्तिकमा १४ वटा घटना दर्ता भएकोमा ११ वटा घटना फच्छ्यौट भएको छ।
त्यस्तै, मंसिरमा २६ घरेलुहिंसा दर्ता भएकोमा २१ वटा घटना फच्छ्यौट भएको छ। पुसमा २३ वटा हिंसाका घटना दर्ता भएकोमा १५ वटा फच्छ्योट भएको छ भने माघमा २५ वटा हिंसाका घटना दर्ता भएकोमा २४ वटा फच्छ्यौट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्र शाखाले जनाएको छ।
महिला घरेलुहिंसामात्र नभएर अन्य घटनाको समेत शिकार भएको पाइएको छ। जिल्लामा अन्य घटनामा साउनमा १० घटना दर्ता भएको थियो। १० वटा घटनामा १० वटै घटना फच्छ्यौट भएको छ । भदौमा ६ वटा घटनामा ६ वटै फछ्यौट भएको छ । असोजमा १६ वटा घटना दर्ता भएकोमा १२ वटा फच्छ्यौट भएको छ। कार्तिकमा ८ वटा घटना दर्ता भएकोमा ७ वटा फच्छ्यौट भएको छ। मंसिरमा ११ वटा घटना दर्ता भएकोमा १० वटा फच्छ्यौट भएको छ।
पुसमा ६ वटा घटना दर्ता भएकोमा ४ वटा घटना फच्छ्यौट भएको छ भने माघमा १२ वटा महिलाहिंसाका घटना दर्ता भएकोमा ८ वटा घटना फच्छ्यौट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्र शाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा महिलामाथि हुने अन्य घटना साउनदेखि माघसम्म अवधिमा ६९ घटना दर्ता भएका छन्। जसमध्ये ५७ घटना फच्छ्यौट भइसकेको र बाँकी घटनाहरुको विभिन्न कारण फच्छयौट गर्न समय लागेको प्रहरीस्रोतले जनाएको छ।
घरेलुहिंसा तथा अन्य हिंसाका घटना गरी मकवानपुरमा ७ महिना अवधिमा २ सय १५ घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको पाइएको छ।
जसमा १ सय ८७ घटनामात्र फच्छ्यौट हुन सकेका छन् भने बाँकी घटना दर्ता गराउने व्यक्तिको अनुपस्थिति, दोषी बेपत्ता हुनेलगायत कारण।फच्छ्योट हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।
प्रहरी कार्यालयसम्म आएर उजुरी दिंदा भोलि सम्बन्ध के होला भनेर डराउने महिलाहरु खुलेर अघि बढ्नसक्ने हुन थालेको मकवानपुरका अधिकारकर्मी बताउँछन्।
समाजमा लुकेर बसेका घटनाहरु सार्वजनिक हुँदा हिंसा पीडितको संख्या बढेको देखिने भएता पनि न्यायका लागि महिला कति अग्रसर हुन थालेका छन् भन्ने पनि प्रष्ट बुझिने अधिकारकर्मी आरती पाठक बताउँछिन्। आजको हेटौंडा सन्देश दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99