२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

आज पनि एमाले र जसपा बिच कार्यदलस्तरमै छलफल हुदै

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते
file photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री केपी ओलीबीच आज कार्यदल स्तरमा छलफल हुँदैछ ।सत्तासमिकरणका लागि नेकपा (एमाले) बीच आज पनि कार्यदरस्तरमा अनौपचारिक छलफल हुन लागेको हो । यसका लागि नेकपा (एमाले) ले का नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरेको छ भने जसपाले पनि नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल गठन गरेको छ ।
यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक रहेको र आज पनि कार्यदलस्तरमा थप छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत बताएका छन । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भएको छलफल सकारात्मक भएको जसपाका नेताहरुले पनि बताएका थिए ।
बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज पनि कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए । जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ ।
बिहीबारको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएका नेता कर्णको भनाइ छ ।प्रधानमन्त्रीसँगको छलफल गर्न अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04