काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्दै भनिन्, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।”
दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औँल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताइन्। उनले भनिन्, “व्यापार अवरोधको उन्मूलन, पूर्वाधार विकास र सहज बजार पहुँचले व्यापारमा उल्लेख्य वृद्धि गर्न सक्छ ।” उनले सहयोग आदानप्रदानको अर्को महŒवपूर्ण ऊर्जा क्षेत्र रहेकाले त्यसमा थप सहकार्यको आवश्यकतामा जोड दिइन् ।
नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यासले दुवै देशको विकासको आवश्यकतालाई टेवा पु-याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन् । त्यसका लागि नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय सहयोग सुदृढ तुल्याउनुपर्नेमा उनले जोड दिइन् । राष्ट्रपति भण्डारीले सम्पर्क सञ्जालको विस्तारका लागि विद्यमान काठमाडौँ–ढाका उडान थप गर्ने, बङ्गलादेशको सैयदपुर र नेपालको विराटनगर जस्ता प्रमुख क्षेत्रीय सहरलाई उडानले जोड्न सकिने सम्भावना उल्लेख गरे ।
त्यस्तै उनका अनुसार नेपाल, भारत र बङ्लादेशको नदीमा जलमार्गको विस्तार गर्न सकिनेछ । सडकमार्ग स्तरोन्नति, रेल्वेको विकासले पनि सम्पर्क सञ्जालमा बल पु-याउनेछ । रोहनपुर सिंहबाद रेल्वे रुटलाई ‘पोर्ट अफ कल’का रूपमा समावेश गर्ने प्रक्रिया अगाडि बढेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरिन् ।
उनले मानव संसाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले यी बहुमूल्य स्रोतको उपयोग गरी जनताको समृद्धि र खुसीमा रूपान्तरण गर्नुपर्ने सुझाइन् । आपसी सहयोग र समर्थनका माध्यमबाट बहुपक्षीय मञ्चमा साझा चासोका विषय प्रवद्र्धन गर्ने साझेदारीलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
- ADVERTISEMENT -

नेपाल र बङ्गलादेश बीच चार सम्झौता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04











