चितवन / चितवनका विभिन्न स्थानबाट ३४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोडिफाइ गर्ने, ठूलो आवाज बनाई वातावरण प्रदूषण गर्ने ३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको शनिबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) ओम अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले मोटरसाइकल धनीलाई वर्कशपबाट मेकानिक झिकाई मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गर्न लगाइने बताए । मोटरसाइकलको वास्तविक स्वरुपमा ल्याएपछि जरिवाना गराएर अभिभावकको जिम्मा लगाइने उनले भने ।
साइलेन्सरको पाइपमा रेडबुलको बट्टा हालेर समेत ठूलो आवाज बनाउने गरेको पाइएको एसपी अधिकारीले बताए । यस्तै उनले मोडिफाइ गर्नेमात्र नभइ गराउने पनि दोषी हुने बताए । एकपटक वर्कशपहरुलाई बोलाएर सचेत गराइने उनको भनाइ थियो ।
एसपी अधिकारीले दोश्रो पटक गल्ती दोहोरिए वर्कशपलाई पनि कारबाही गरिने बताए । मोडिफाइ तथा ठूलो आवाज बनाउनेलाई एक हजारदेखि ५ हजारसम्म जरिवाना रहेको बताइएको छ ।
मोटरसाइकल मोडिफाइ गर्ने ३४ लाई कारवाही

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
