February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरमा एमाले ब्यूताइयो, अध्यक्षमा बद्रिनाथ

April 2, 2021
Photo : Khabartarang

रत्ननगर / चितवनको रत्ननगरमा नेकपा एमाले ब्यूताइएको छ । नेकपा एमाले रत्ननगर नगर कमिटीको प्रथम विस्तारित बैठकले नेकपा एमालेको २०७३ साल जेठ २४ गते निर्वाचित नगर कमिटी ब्यूताइएको हो । त्यतिबेला ३९ सदस्यी कमिटीलाई बैठकले विस्तार गरी १०१ सदस्यीय बनाएको छ ।
नगर कमिटी ब्यूतिएपछि नगर अध्यक्षमा बद्रिनाथ घिमिरे,उपाध्यक्षमा हरिकुमार श्रेष्ठ,सचिव एन्जिला कुँबर,सहसचिव रामहरि अधिकारी कायम भएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हैसियतमा रहने निणर्य गरेपछि नगर कमिटी ब्यूताउनुका साथै पार्टीलाई थप बलियो बनाउन विस्तार समेत गरिएको नगर कमिटी सचिव एन्जिला कुँवरले जानकारी दिइन ।
नगर इन्चार्ज रामशरण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पार्टीको संगठानिक गतिविधिलाई चलायमान गराउदै थप मजबुत गराउने गरी भूमिका खेल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । हामी कम्युनिष्ट आन्दोलनको इतिहासमा कठिन अबस्थामा छौं इन्चार्ज खनालले भने यस्तो अबस्थामा संयमित भएर पार्टीको हितमा काम गर्न जरुरी छ । कार्यक्रममा जिल्ला उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का,जिल्ला कमिटी सदस्य शुशीला लामिछाने,एमाले नेता डा.कृष्ण पन्त लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कुलप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -