–प्रीति तामाङ
चितवन । भरतपुर–११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बाको सत्रौँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पञ्चबहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
अध्यक्ष तामाङ यसअघि पनि दुई पटक चयन भएको हो भने अहिले तेस्रो पटक निर्विरोध भएका हुन् । गुम्बाको तेस्रो पटकसम्म निर्वाचित हुने तामाङ पहिलो व्यक्ति हुन् ।
त्यसैगरी उपाध्यक्षमा इन्द्रकुमारी थोकर, महासचिवमा इन्जिनियर सुर्यप्रकाश लामा, सचिवमा मनमाया लामा र कोषाध्यक्षमा सत्यमान लोप्चन चयन हुनु भएका छन् ।
कार्यक्रममा बोल्दै गुम्बाका भूतपुर्व अध्यक्ष रामबहादुर शेर्पाले यस गुम्बा चितवन जिल्लाकै नमुना गुम्बाको रुपमा विकास भएको बताए ।
चितवन जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवं गुम्बाका आजीवन सदस्य गंगालाल तामाङले नवनियुक्त पदाधिकारीहरुलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गुम्बाका आजीवन सदस्य तथा सल्लाहकार अधिवक्ता अजयकुमार तामाङ, हर्कबहादुर गुरुङ, प्रतिमान थिङ, ज्ञानबहादुर पाख्रिन, मोहन लामा लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ लामा, ह्योल्मो समाज भरतपुरका अध्यक्ष लोक बहादुर लामा, दुधपोखरी समाज भरतपुरका अध्यक्ष बुद्विमान घलान, पाख्रीन समाज भरतपुरका अध्यक्ष खामदोर्जे पाख्रीन, जिम्बा समाज भरतपुरका अध्यक्ष अरुण जिम्बा, योञ्जन समाज भरतपुरका अध्यक्ष रामबहादुर योञ्जन, गोले समाज भरतपुरका अध्यक्ष जंगबहादुर गोले, दोङ समाजका अध्यक्ष लालबहादुर दोङ, ललुङबा समाज भरतपुरका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लोपेन रिग्जीन बाङगेल लामा रहनुभएको थियो ।