March 16, 2025
- ADVERTISEMENT -

पत्रकार कार्कीले दिए राजीनामा

April 4, 2021

–सुरक्षा न्यौपाने
चितवन । विगत १५ वर्षदेखि मिडिया क्षेत्रमा कार्यरत रहनु भएका क्रियाशिल पत्रकार राजेन्द्र कार्कीले राजीनामा दिनु भएको छ । पत्रकार कार्कीले आइतबार एक विज्ञप्ति जारी गर्दै मिडिया नेपालबाट राजीनामा दिनुभएको हो । पत्रकार कार्की मिडिया नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संगठनको काममा पार्टीले हस्तक्षेप गरिएको बताइएको छ । पछिल्लो समयमा पार्टीले हस्तक्षेप गरेकाले पदमा रहेर काम गर्न नसकिएको विज्ञप्तिमा जनाइएको छ ।
जिल्लामा भएका निर्णयहरु बैठक नै नबसी व्यक्तिगत रुपमा निर्णय गरिएकोले उहाँको असन्तुष्टि देखिएको हो । उहाँका अनुसार नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि मिडिया नेपालका तर्फबाट पठाइएका उम्मेदवारको आफूसँग कुनै सल्लाह नगरी पार्टीले हस्तक्षेप गरेको हो ।
पत्रकार कार्की हल्कारो समाचार डटकमका प्रमुख हुनुहुन्छ भने वेसो च्यानलमा ८ वर्ष कार्यरत हुनुहुन्थ्यो भने नमस्ते टिभीमा विगत ७ वर्षदेखि कार्यरत हुनुहुन्छ ।

- ADVERTISEMENT -