२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

गुल्मी समाजमा ढकालको नेतृत्व

प्रकाशित मिति : २०७८ बैशाख ५ गते
- ADVERTISEMENT -

भरतपुर / गुल्मी चितवन मैत्री समाजकोे १७ औं साधारणसभा एवं ८ औंं अधिवेशनबाट दिपक ढकाल सर्वसम्मत चयन भएका छन् । भरतपुर ४ लंकुमा रहको चितवन फुटमार्ट पार्टी प्यालेसमा भएको कार्यक्रममा उपाध्यक्षमा राधिका भण्डारी, सचिवमा विक्रम सापकोटा, सह सचिवमा शिव ढकाल, कोषाध्यक्ष मोहन पन्थी सुनार चयन भएको संस्थाका सल्लाहकार तेजनारायण खरेलले बताउनुभयो ।
त्यसैगरि सदस्यहरुमा रविन्द्र पन्थी, युवराज सुनार, कमल गौतम, नारायण प्रसाद खराल, दुर्गा प्रसाद सापकोटा, दामोदर भट्टराई चयन भएका छन् । लेखा समितिमा उमानाथ भण्डारी, प्रदिप अर्याल र मिन प्रसाद खराल तथा विधान संसोधन समितिमा गंगाधर खराल चयन हुनुभएको छ ।
कार्याक्रममा ८० वर्ष माथि उमेरमा समाजका वृद्धवृद्धाहरुलाई समेत सम्मान गरिएको थियो । भरतपुर अस्पतालका प्रा.डा. सुनिलमणि पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम समाजमा अध्यक्ष युवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -