-डोलराज रानाभाट
नवलपुर । नवलपुर जिल्लामा ६८ वटा अक्सिजन सिलिण्डर खरिद गरिने भएको छ । जिल्लाका अस्पताल र स्वास्थ्य केन्द्रका लागि ती सिलिण्डर खरिद गर्ने निर्णय भएको हो । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितको स्वास्थ्य अवस्था जटिल वन्दै जाँदा अति आवश्यक अक्सिजन अभाव हुन नदिने गरी काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ।
जिल्लामा कोभिड १९ को संक्रमण नियन्त्रणका लागि पूर्व तयारी स्वरुप जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानी तह र अक्सिजन प्लान्टहरुको अनुगमन र निरीक्षण गरेको थियो । त्यसपछि प्रतिवेदन बनाएको केन्द्रले जिल्लाका लागि आवश्यक पर्ने ६८ वटा अक्सिजन सिलिण्डर तत्काल खरिदका लागि सहजीकरण गर्ने जनाएको हो । उद्योग वाणिज्य संघ मार्फत सहजीकरण गरी ती सिलिण्डर खरिद गरिने र आवश्यकता अनुसार जडान गर्ने तयारी रहेको छ ।
अस्पताल र स्वास्थ्य केन्द्रहरुमा बनाइने आइसोलेसनहरु अक्सिजन सिलिण्डर जडीत हुनुपर्ने यस अघिनै निर्णय भएको थियो र केन्द्रले सोही अनुसारको निर्देशन समेत दिएको थियो । सवै स्थानीय तह र मध्यविन्दु जिल्ला अस्पतालमा रहेकामध्य ५६ वटा वेडलाई अक्सिजन जडित बेडको रुपमा स्तरोन्ती गर्ने पनि निर्णय भएको छ । अवस्थालाई हेरी पछि थप निर्णय गर्ने जनाइएपछि तत्काल थप ७१ वटा वेडको निर्माण पनि यथासिघ्र गरिने भएको छ।
त्यस्तै यो पटक संक्रमितको मृत्यु भएमा आफ्नो रिती परम्परा अनुसार अन्त्यष्टी गर्न दिने निर्णय भएको छ । त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई जिम्मा लगाइएको छ । स्थानीय तहले स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी परिवारले शवको अन्त्यष्टी गर्न अनुमति दिने र डिभिजन वन कार्यालयबाट दाउराको व्यवस्था मिलाउने गरी सहजीकरण गर्न निर्देशन दिइएको छ ।
संक्रमित विरामीका लागि आवश्यक एम्वुलेन्सहरुलाइ पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हरेक स्थानीय तहमा रहेका एम्बुलेन्सलाई चालु अवस्थामा राख्न अनुरोध गर्ने र त्यसको अनुगमन गर्ने जिम्मा रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई दिइएको छ । आज बसेको बैठकले एकीकृत एम्बुलेन्स संचालनका लागि एम्वुलेन्स संचालन तथा व्यवस्थापन समितका अध्यक्ष बाबुराम कडेँललाई जिम्मेवारी दिएको छ । उहाँको सम्पर्क नम्वर ९८५७०२७५३० रहेको छ।
- ADVERTISEMENT -

नवलपुरमा ६८ वटा अक्सिजन सिलिण्डर खरिद गरिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












