काठमाण्डौ / औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डेसिभर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक भरत भट्टराईले हिजो सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने बताउनुभएको छ ।
सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डेसिभर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने उहाँको भनाइ छ । विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न/नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।
अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डेसिभरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डीसभरको एक मात्राका लागि करीब पाँच हजार पर्छ ।
रेम्डेसिभर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
