March 17, 2025
- ADVERTISEMENT -

चितवनका थप ८६ जनामा कोरोना संक्रमण

May 7, 2021

चितवन / चितवनका थप ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ८६ जनासहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ७२ जना रहेका छन् । जसमध्ये ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ९० वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र कालिका नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

- ADVERTISEMENT -