२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

भर्चुअल माध्यमबाट ‘कोभिड १९ बिशेष म्यागाजिन’को विमोचन हुँदै

प्रकाशित मिति : २०७८ बैशाख २७ गते

चितवन / माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा केटीबी एडर्भटाइजिङ एजेन्सी एण्ड मिडीया सर्भिस प्रा.लि., चितवनद्धारा प्रकाशित कोभिड–१९ बिशेष ‘एटुजेड बिजनेश पेज’ को भोलि मंगलबार विमोचन गरिने भएको छ ।
उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि कोरोनाको महामारी बढ्दै गएका कारण जारी भएको निषेधाज्ञाका कारण सृजना भएको असहज परिस्थितलाई ध्यानमा राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङका अध्यक्ष किशोरचन्द्र सापकोटाले बताए ।
‘हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरी मिति समेत तय भएको थियो’ उनले भने, ‘अकस्मात जारी निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो ।’
विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने बताइएको छ । सम्पूर्ण तयारी पूरा भइसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागिता गराइने पनि सापकोटाले जानकारी दिए । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गरिदैँ छ ।
म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन हुन लागेको बताए । गत सालबाट शुरु भएको महामारीले विभिन्न व्यवसाय, विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको विषयमा म्यागाजिन केन्द्रित भएको अधिकारीले जानकारी दिए । ‘यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ’ उनले भने ।
म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति, संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा, उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ ।
‘यो एउटा दस्तावेज बन्न सफल भएको छ’, उनले भने, ‘यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन् भन्ने विश्वास लिएका छौं ।’ विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन हुने अधिकारीको दावी छ ।
कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय, मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45