२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

अब निजीमा पनि कोभिडको उपचार निःशुल्क

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ । केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउँछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ ।

- ADVERTISEMENT -