–विवेक भण्डारी
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुईमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापदण्डमा हेलचेक्र्याइँ गर्दा समुदायमा कोभिडको संक्रमण फैलिने जोखिम बढेको छ । उद्योगले उद्योगभित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका कामदारहरु समुदायमै बस्न थालेका छन् ।
देवचुली नगरपालिका वडा नम्बर दुईका एक स्थानीय महिला उद्योगमा कार्य गर्दै गरेको अवस्थामा स्वास्थ्य अवस्था बिग्रिँदा घरमै बसेको र अहिले कोभिड संक्रमण पुष्टि भई घरमै आराम गर्दै आएका छन् ।
वडा अध्यक्ष माधव केसीका अनुसार उद्योग अनुगमन गर्न आउनेलाई आइसोलेसन तयार रहेको बताए पनि उद्योगमा काम गर्ने कामदारलाई संक्रमणको लक्षण देखिनासाथ घरमा पठाई दिने गरेको बताए ।
‘पहिले जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको र पछि आफूहरुले अनुगमन गर्दा यदि कामदार संक्रमित भएको अवस्थामा उद्योगले नै आइसोलेसन तयार पारेको बताएका हुन् । तर अहिले संक्रमितलाई घरै पठाएका छन्’ – वडा अध्यक्ष केसीले भने ।
यस्तै नेपाली कांग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यौपानेले मजदुरलाई सक्दासम्म काममा लगाउने नसक्दा संक्रमणको लक्षण देखिँदा भने घरै पठाउने गरेको र यसले समुदायमा संक्रमणको जोखिम उच्च बनाएको बताए । नेकपा एमाले वडा सभापति बद्रि कोईराला उद्योगले स्वास्थ्य मापदण्ड नअपनाएको भनाइ छ ।
यता, उद्योगले प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी आउँदा समेत उद्योगमा आइसोलेसनदेखि सबै स्वास्थ्य मापदण्ड अपनाएको बताएको छ । तर उद्योगमा काम गर्दागर्दै संक्रमित भएकाहरु भने घरमै बसेका छन् । अहिले उक्त उद्योगमा कार्यरत प्रत्यक्ष देखिएका चार जनामा कोरोना पुष्टि भएका छन् ।
स्वास्थ्य मापदण्डमा हेलचेक्र्याइँ, समुदायमा संक्रमित कामदार
May 25, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -