चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको दरमा कमी नआएपछि चितवनमा दोस्रो पटक निशेधाज्ञा थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार दोस्रो पटक निषेधाज्ञा थप गर्ने बारे सरोकारवाला निकायहरुसँग छलफल भइरहेको छ । निषेधाज्ञा के कति समय थप गर्ने बारे आज (बुधबार) निर्णय गरिने उनले बताए ।
चितवनमा पछिल्लो केही दिन यता संक्रमित दर घट्दै गएको भए पनि काठमाडौंलगायत अन्य उच्च जोखिम भएका जिल्लाहरुमा कोरोना संक्रमण दरले भयावह रुप लिएकाले चितवनमा पनि निशेधाज्ञा थप गर्न लागिएको उनको भनाइ छ ।
चितवनमा कोरोना संक्रमण दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले वैशाख १६ गते राति १२ बजेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसैगरी वैशाख ३१ गतेदेखि जेठ १३ गतेसम्म पहिलो पटक निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको समय भोलि सकिँदै छ भने दोस्रो पटक निषेधाज्ञा थप गर्ने निर्णय आजै हुने बताइएको छ ।
- ADVERTISEMENT -

चितवनमा दोस्रो पटक निषेधाज्ञा थप गर्ने तयारी
May 26, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
