February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागुऔषध, मोटरसाइकलसहित चार जना पक्राउ

June 1, 2021

चितवन / लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–९ स्थित सिमलटाँडीमा लागुऔषध सहित सोमबार उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा हेटौडा नगरपालिका–११, वर्ष २३ का विजयप्रसाद चौलागाई, सोही स्थान बस्ने वर्ष २४ का सन्तोष बिडारी, वर्ष ३६ का अर्जुन मोक्तान र बारा जितपुर–२२ का वर्ष ३६ का सुर्यमान वाईवा रहेका छन् ।
गस्तीमा खटिएका प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा ना १४ प ३३२३ र ग १ प २७८५ नं. को मोटरसाईकलमा सवार उनीहरुबाट लागु औषध नाइट्राजेपाम १७५ ट्यावसहित एलएङकी २ थान बरामद गरेका हुन् ।
प्रहरीले उनीहरुले प्रयोग गरेका मोटरसाइकलसहित चारै जनालाई नियन्त्रण लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जानकारी दिए ।

- ADVERTISEMENT -