२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते
- ADVERTISEMENT -

उदयपुर / चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर आइतबार बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको मृतयु भएको हो ।
बिहान सडकमा घुम्न निस्केका बेला मक्किएको काठको पोल ढलेर विश्वकर्मालाई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

- ADVERTISEMENT -