२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

मुख्यमन्त्री गुरुङले २७ गते लिने विश्वासको मत

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यहीँ २७ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभामा ठुलो दलको नेताका हैसियतले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
वैशाख २७ गते संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीको राजीनामा पछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत दाबी गरेर सरकार गठन गर्न प्रदेश प्रमुख सिता कुमारी पौडेलले आह्वान गर्नुभएको थियो ।
विपक्षीको दाबी नपुगेको भन्दै प्रदेश प्रमुखबाट धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दल एमाले संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त हुनुभएको थियो । उक्त धाराको उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिन लाग्नुभएको हो ।
नेकपा (एमाले) को २८ जना, काँग्रेसको १५ जना, माओवादीको १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र राजपाका २ जना संसद् गरी ६० सदस्यीय प्रदेश सांसद रहेको प्रदेश सभामा विश्वासको लागि ३१ मतको आवश्यकता पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46