February 6, 2025
- ADVERTISEMENT -

मुख्यमन्त्री गुरुङले २७ गते लिने विश्वासको मत

June 8, 2021

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यहीँ २७ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभामा ठुलो दलको नेताका हैसियतले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
वैशाख २७ गते संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीको राजीनामा पछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत दाबी गरेर सरकार गठन गर्न प्रदेश प्रमुख सिता कुमारी पौडेलले आह्वान गर्नुभएको थियो ।
विपक्षीको दाबी नपुगेको भन्दै प्रदेश प्रमुखबाट धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दल एमाले संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त हुनुभएको थियो । उक्त धाराको उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिन लाग्नुभएको हो ।
नेकपा (एमाले) को २८ जना, काँग्रेसको १५ जना, माओवादीको १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र राजपाका २ जना संसद् गरी ६० सदस्यीय प्रदेश सांसद रहेको प्रदेश सभामा विश्वासको लागि ३१ मतको आवश्यकता पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -