२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

एक लाख नगदसहित ९ जना जुवाडे पक्राउ

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते
- ADVERTISEMENT -

गैँडाकोट / नवलपरासीको गैँडाकोट वडा नं. १३ बाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेल्दै ९ जनालाई दुई वटा होटलबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार प्रेम बहादुर भण्डारीले सञ्चालन गरेको खाजा घरबाट ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा वर्ष ४६ का प्रेमबहादुर भण्डारी, वर्ष ५२ का ज्ञानेन्द्र हमाल, वर्ष ४२ का खगबहादुर राना, वर्ष ५१ का यदुप्रसाद सापकोटा, वर्ष ३३ का लोकबहादुर महतो, वर्ष ३५ का भुपाल राना रहेका छन् । उनीहरु सबै गैँडाकोट १३ का वासिन्दा हुन् ।
त्यस्तैगरी धनबहादुर सापकोटाले सञ्चालन गरेको होटलबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गैँडाकोट १३ कै वर्ष ४५ का धनबहादुर सापकोटा, वर्ष ४३ का होमनाथ सापकोटा, वर्ष ५३ का विष्णु गौतम रहेको उनले बताए ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ३ हजार चारसय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -