March 15, 2025
- ADVERTISEMENT -

निषेधाज्ञा केही खुकुलो – मालबाहक सवारी साधनलाई सहजता

June 14, 2021

चितवन / चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गर्दै जिल्लाभित्र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने जनाएको हो ।
यसैबिच प्रशासनले राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र खाली फिर्ता हुने सवारी साधन भने सञ्चालन गर्न नरोकिने जनाएको छ ।

- ADVERTISEMENT -