Opens in a new tab
२०८३ मंसिर २, मंगलवार
November 17, 2026
२०८३ मंसिर २, मंगलवार
November 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोका कारण पर्वत–बागलुङ सडक-खण्ड अवरुद्ध

प्रकाशित मिति : २०७८ असार १ गते
file photo.

पर्वत / लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उहाँले बताउनुभयो ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।
वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।
यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10