February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१०७ जना भए कोरोनामुक्त

June 18, 2021

मकवानपुर / मकवानपुरमा शुक्रबार १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि हुँदा १०७ जना कोरोना मुक्त भएका हुन।
शुक्रबार सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा कोरोना संक्रमणमुक्त भएका छन् । त्यहाँ शुक्रबार ५३ जना कोरोना मुक्त भएका हुन् ।
त्यसैगरी कोरोनामुक्त हुनेहरुमा मनहरी गाउँपालिकाका १८ जना, थाहानगरपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बागमती, बकैया, कैलाशमा र राक्सिराङ गाउँपालिकाका ४/४ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण मुक्र हुनेको कूल संख्या ८ हजार ९ सय ३३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -