चितवन । निशेधाज्ञाको शुरुवाती क्षणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्र्तराष्ट्रिय बजारमा सुनको भाउ घटेसंँगै यसको असर नेपालमा पनि परेको हो । हाल सुन आयात ठप्प छ भने निशेधाज्ञा खुकुलोभएपछि माग ह्वात्तै बढ्नेछ । निशेधाज्ञाको समयमा व्यवसाय बन्द हुंँदा पनि गहनाको अर्डर आएता पनि व्यवसायीले गहना बिक्री गर्न पाएका छैनन ।
जसका कारण निशेधाज्ञा खुकुलो हुंँदा माग बढी र मुल्य सस्तो हुंँदा सुनको चरम संकट हुने देखिएको व्यवसायीले बताएका छन । ‘निशेधाज्ञा खुलेसँगै सुन र गरगहनाको माग बढ्ने तर आर्पुिर्त सहज नहुने देखिएकोले उनीहरुमा चिन्ता थपिएको हो । ‘पहिलेदेखिनै सुनको अभाव कायम छ अहिले विदेशबाट सुन आउन पनि ठप्प छ । अब त फेरी दिनदिनै सुनको भाउ घटिरहेको छ । निशेधाज्ञा खुलेपछि सुनको चरम संकट हुने देखिन्छ ।’ जय शन्तोषी सुनचांँदाी शोरुमका सञ्चालक रुवीन रामुदामु भन्छन ।
पछिल्लो साता सुनको भाउ निरन्तर ओरालो हुंँदै जांँदा कारोबार बढेपनि फाइदा भने नहुने उनको भनाई छ । उनका अनुसार यसअघि विदेशबाट आउने व्यक्तिले सुन ल्याउने गरेपनि विश्वभर कोरोना महामारीका कारण हवाईयातायात सहज नहुंँदा थप अभाव हुने देखिन्छ । ‘निशेधाज्ञापछिनै सुनको भाउ उकालो लागेको लाग्यै थियो , उनले भने, अब कोरोना महामारीको प्रभाव घट्दै जांँदा यसको भाउ पनि घटेको छ । ’सुन आयातमा नीजि तथा विदेशी कम्पनीलाई पनि लगानी गर्ने वातावरण भए सुनचांँदी व्यवसायलाई सहज हुने उनको भनाई छ ।
विगत केही बर्षदेखि सुनचांँदी व्यवसाय र उपभोक्तामा गरगहनाको आकर्षण भएपनि पछिल्लो समय मुल्य उत्तारचढावका कारण सुनचांँदी कारोबार पनि स्थिर हुन सकेको छैन । बिशेषगरी ग्राहकले सिजन, विहे, चाडपर्वमा पनि यसको कम प्रयोग गर्न थालेका छन । ‘सुनको भाउ जति बढ्दै जान्छ गहनाको बिक्री पनि उति घट्न जान्छ । भाउ कम भए बिक्री पनि बढ्छ ।’आधुनिक सुनचाँदी पसलका सञ्चालक विकास बर्मा भन्छन । कोरोना कहरसंँगै मानिसको क्रयक्षमतामा ह्रास हुदै जांँदा गतसालभन्दा पनि झण्डै ५० प्रतिशत कारोबारमा कमी आएको उनले बताए । ‘कारोबारमा कमी पनि छ, आवश्यक परेको बेला सुन अभाव छ । हामी दोहोरो मारमा छौं ।’उनले भने ।
गत बर्षदेखि खस्कदै गएको देशको अर्थतन्त्र र आर्थिक गतिविधि सुस्त भएसंँग यसको असर सुन व्यवसायमा पनि परेको हो । सुन विलासी बस्तु र गरगहना खरीद बिक्री मानिसको प्राथमिकता नपर्ने गरेका कारण सुनको अभाव संँगै व्यवसाय पनि संकटमा पर्दै आएको छ । नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष यम बहादुर बिक कोरोनाको कहरसंँगै सुनको मुल्यमा उत्तारचढाव आउंँदा यस व्यवसायले गति लिन नसकेको बताउंँछन ।
‘अन्तराषर््िटय बजारमा डलर घट्दा, सुनको भाउ बढ्छ, उनले भने नेपालमा डलर बढ्दा यो संँगै मुल्य बढ्ने भयो ।’ हाल सुनको आयात बन्द भएकोले निशेधाज्ञा खुलेपछि पनि आयात प्रक्रियामा ढिलाई हुन हुनाले आफूहरु चिन्तित भएको उनले बताए । नेपाल सुनचांँदी व्यवसायी महासंघले सरकारलाई निशेधाज्ञा संँगै सुन आयात बन्द गर्ने सिफारीश गरेपछि त्यसयता सुन आयात हुन सकेको छैन । निशेधाज्ञा खुलेपनि कोरोना महामारीका कारण हवाईउडान सहज नहुंँने हुंँदा व्यवसायी थप मर्कामा पर्ने भएका हुन ।
निशेधाज्ञा खुकुलो भएपछि मानिसहरुको रोकिएका वैवाहिक तथा शुभकार्य शुरु हुनाले सुनको मागको अनुपात बढ्ने गर्छ । साथै अब नेपालीहरुको चाडपर्व शुरु हुने समय भएकोले पनि सुनको अभाव हुने र कारोबारमा असन्तुलन आउने व्यवसायीले बताएका छन । सुनको अभाव नहुन र यसको सन्तुलन ल्याउनुको साथै व्यवसायलाई गतिदिन बारम्बार छलफल , जुम बैठक भईरहेको बताउंँछन सुनचांँदी व्यवसायी महासंघका तृतिय उपाध्यक्ष विपिन रामुदामु । ‘महासंघकै सिफारीशमा सुन आयात गर्न रोकिएको हो ।
अब हामी यसको सहजताका लागि सरकारसंँग अनुरोध गर्छौं ।’ रामुदामुले भने । हाल अधिकांश बजार ठप्प रहेको र गरगहनाको माग पनि नभएकोले आयात बन्द गर्नुपरेको उनको भनाई छ । शुरुवाती क्षणमा सुनचांँदीको भाउ निरन्तर बढेपनि पछिल्लो साता सुनको भाउ निरन्तर घट्दै जांँदा माग अत्याधिक बढ्न जानेछ । सुनको भाउ सस्तो भएपछि ग्राहकले पनि किन्न खोज्छन ।
गहनाको माग बढेपछि हामीले पनि थप खरीद गर्न खोज्छौं उनले भने, आपुर्ति भने जताततै बाट ठप्प भएको छ ।’ दोस्रो लहरको निशेधाज्ञामा प्रतितोलो ९० हजारको हाराहारीमा रहेको सुनको भाउ बीचको समयमा प्रतितोला ५ हजार सम्म भाउ बढेको सुन पछिल्लो दिनहरुमा पुनः पहिलेकै अवस्थामा आएको छ । चितवनमा झण्डै ५०० सय हाराहारीमा सुनचांँदी पसल सञ्चालनमा छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सुनको भाउ ओरालो लाग्दै, चितवनका व्यवसायी चिन्तित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17














