Opens in a new tab
२०८३ मंसिर २, मंगलवार
November 17, 2026
२०८३ मंसिर २, मंगलवार
November 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राहत वितरणमा लफडा, बाढीपीडितको ठाउँमा जना नपाइने

प्रकाशित मिति : २०७८ असार ७ गते
File Photo

मेलम्ची / राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् ।
बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो।
विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् ।
‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’ त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए ।
‘भर्खर मनसुन सुरु हुँदैछ, कम्तिमा ३ महिना घर फर्किन सक्ने अवस्था छैन,’ उनले थपे, ‘त्यही भएर व्यवस्थित गर्न खोजिएको हो ।’ अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेल बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10