June 24, 2024

निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू

June 21, 2021
File Photo

हेटौंडा / मकवानपुरमा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षमा बसेको बैठकले नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
बैठकले भोलि असार ७ गते राति १२ बजेदखि लागू हुने गरी असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -