चितवन । चितवनमा अन्तरजातीय विवाह गर्ने दुई जोडी सम्मानित भएका छन् । गैर दलित भए पनि दलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिकाले मंगलबार सम्मान गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दिपक बुढाथोकी, निशा परियारलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानगर प्रमुख रेनु दाहालले छुवाछूतलाई जरैदेखि उखेल्न र जातीय विभेद अन्त्य गर्नका लागि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
हिजोभन्दा आज समाज परिवर्तन हुँदै आएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिएर छुवाछूत मुक्त महानगर निर्माण गर्ने उनको भनाइ थियो । उनले भरतपुर महानगरपालिकाले विकासको पूर्वाधारसँगै सामाज परिर्वतनमा समेत ध्यान दिदैँ आएको बताइन् ।
त्यस्तै अन्तरजातीय विवाहित जोडीलाई सम्मानस्वरुप १ लाख रुपैयाँ प्रदान गरिएको कार्यक्रमका अध्यक्ष चक्र रुचालले बताए । उनले जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले हौसलाका लागि सम्मान गरिएको जानकारी दिए ।
- ADVERTISEMENT -

अन्तरजातीय विवाह गर्ने दुईजोडीलाई १ लाखसहित सम्मान
June 23, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
