काठमाडौं / कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ ।
सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका लागि पहल थालेको थियो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरोना महामारीमा रोजगारी गुमाउनेप्रति संवेदनशील हुन नसक्दा पुनर्एकीकरण योजना अघि बढ्न नसकेको गुनासो गरिएको छ ।
पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्य गरी पुनर्एकीकरण योजना बनाउन पहल गरिएको थियो। दोस्रो लहरको महामारी नियन्त्रणउन्मुख हुँदा पुनर्एकीकरण योजना अघि बढ्न नसकेपछि अब बन्ने त्यस्ता योजनाको के अर्थ भन्ने प्रश्न गर्न थालिएको छ। बोर्डले पुनर्एकीकरण सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो। उक्त निर्देशिका तुरुन्तै कार्यान्वयनमा जाने अपेक्षा गरिएको बेला अनावश्यक अलमल गरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। सात महिनाअघि रोजगारी गुमेका कारण दुबईबाट फर्केका धादिङका राजन बुर्लाकोटीले पुनर्एकीकरण योजना पर्खंदा पर्खंदा हैरान भइसकेको बताए ।
‘सरकारले महामारीका कारण समस्यामा परेका अधिकांश उद्योग, व्यवसायलाई सहयोग गरेको देखिन्छ,’ उनले भने, ‘तर वैदेशिक रोजगारीमा समस्यामा परेकालाई कुनै सहयोग नगर्दा दुःख लागेको छ।’ रोजगारी गुमाएर फर्कंदा समेत सरकारले निकै महँगो हवाई भाडा तोकेको बताउने बुर्लाकोटीले श्रमिकका आफन्त पहुँचवाला निकायमा नहुँदा हेपाहा व्यवहार भइरहेको गुनासो गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोनाले विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जनप्रतिनिधिसामु नागरिकका प्रश्नैप्रश्न, शिक्षा र स्वास्थ्यदेखि भूमिसमस्यासम्मका गुनासा

तीन सय रुपैयाँको चिउरा किन्दा १० लाख पुरस्कार

प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा जाँदै, मोदीसँग एक्लै वार्ता गर्ने

आज एनपीएल पहिलो क्वालिफायर, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

चितवनका दुग्ध किसानद्वारा मूल्यवृद्धिको माग, पूरा नभए आन्दोलनको चेतावनी [with video]
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10







