चितवन / नवलपरासीको गैँडाकोटबाट असार १४ गतेदेखि हराइरहेकी २१ वर्षीया विना सापकोटाका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ घर भएका २३ वर्षका प्रवेश कंडेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
प्रहरी निरिक्षक खनालका अनुसार विना सापकोटालाई घरबाटै कंडेलले लगेको परिवारले बताएपछि अनुसन्धानका लागि भन्दै ती युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको हो । हराएकी विनाले प्रयोग गर्ने गरेको मोबाईल फुटेको अवस्थामा कंडेलको साथबाटै बरामद भएको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । विना बेपत्ता भएको हप्तादिन बितिसक्दा समेत अवस्था अज्ञात हुनुले परिवारमा चिन्ता छाएको छ भने उनी जनक कलेज गैँडाकोटमा विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गैँडाकोटबाट एक महिला बेपत्ता, अनुसन्धानका लागि प्रेमी पक्राउ
July 6, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
