काठमाडौं / अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा चम्केपछि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।
खेलमा निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि सिधै पेनाल्टी सुटआउटमा गएको हो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।
यस्तै खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।
अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् ।
सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना, ब्राजिलसँग भिड्दै
July 7, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
