January 13, 2025
- ADVERTISEMENT -

विद्युत सर्ट हुंँदा फर्निचरमा आगलागी

July 18, 2021

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर ४ को एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आज दिउसो पौने आज दिउसो १ बजेर १० मिनेट जांँदा नवदुर्गा चोक स्थित तेज प्रसाद न्यूरेलेले सञ्चालन गरेको तेज इन्टरप्राइजेज फर्निचर उद्योगमा आगलागी भएको हो ।
हाल भरतपुरको दुईवटा भरतपुर महानगरपालिका को दुईवटा दमकल र खैरहनी नगरपालिकाको एकवटा दमकलले आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार फर्निचर उद्योगमा अचानक विद्युत सर्ट हुंँदा आगलागी भएको र नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -