२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

साउनको पहिलो सोमबार, शिवजीको पूजाआराधना

प्रकाशित मिति : २०७८ श्रावण ४ गते

मकवानपुर / आज साउनको पहिलो सोमबार । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ , भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लाग्ने परम्परा छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
यस वर्ष साउनमा पाँच सोमबार परको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार ब्रत बसेमा मनको इच्छा पूर भई अटल साभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। सोही विश्वासमा मकवानपुरको हेटौंडामा रहेको विभिन्न मन्दिरहरुमा विहानदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो।
तर, कोरोना त्रासलाई मध्यनजर गदै स्थानीय प्रशासनको निर्देशनअनुसार हेटौँडाउ पमहानगरपालका वडा नम्वर ४ मा रहेको भुवनेश्वर मन्दिर, मकवानपुर गढीगाउँपालिका–४ मा रहेको मनकामना मन्दिर, हेटौंडा–१० मा रहेको भुटनदेवी र गोरक्षेश्वर मन्दिर, हेटौँडा–१, भैरवडाँडामा रहेको पाथीभरा देवी मन्दिर, दामनमा रहेको ऋषेश्वर मन्दिर, हेटौंडा–५ मा रहेको रुद्रेश्वर र दक्षिणकाली मन्दिरलगायतका धार्मिकस्थल तथा शिवालय बन्द रहने छन्।
कोरोना संक्रमणको जोखिम कायम रहेकोले मकवानपुरका मन्दिर खला नगरिएको जिल्ला प्रशासन कार्यालयले मकवानपरले जानकारी गराएको छ । विशेष गरेर साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीको भिड बढ्ने भएको र भिडले कोरोना जोखिम बढाउनसक्ने भन्दै मकवानपुर प्रशासनले मन्दिर खुला नहुने जनाएको हो ।
सबै मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला नगर्न सचेत गराइएको छ। निषेधाज्ञा जारी भएदेखि जेखिमलाई मध्यनजर गरेर सर्वसाधारणलाई मन्दिर नखुल्ने अवगत गराइएको छ । प्रशासनको सूचनालाई अटेर गरी जबर्जस्ती गरे कारबाही गरिने चेतावनी दिइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36