July 22, 2024

चितवनमा थप ८३ संक्रमित, सक्रिय १७ सय बढी

July 22, 2021

चितवन / पछिल्लो २४ घण्टामा चितवनमा ८३ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, खैरहनीमा ८ जना, माडीमा ७ जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्तीमा २ जना र कालिकामा ५ जना रहेका छन् ।
योसँगै चितवनमा जम्मा सक्रिय संक्रमितको संख्या १७१४ पुगेको छ । जसमध्ये घरमा १५९२, अस्पतालको आइसोलेसनमा ११२ जना र सार्वजनिक आइसोलेसनमा १० जना रहेका छन् ।
त्यस्तै चितवनको एक जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाका कारणबाट ३१८ जनाले ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -