२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

प्रधानमन्त्रीबाट अमेरिकासँग थप खोपको माग

प्रकाशित मिति : २०७८ श्रावण १३ गते
File photo

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग कोभिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग मंगलबार बेलुका टेलिफोन कुराकानी गर्दै देउवाले खोप सहयोग गर्न आग्रह गरेका हुन् ।
भारतको दुईदिने भ्रमणका क्रममा रहेका ब्लिन्केनले नयाँदिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । कुराकानीका क्रममा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोपको सहकार्य र स्वास्थ्य सामग्री सहयोगका विषयमा कुराकानी भएको थियो । संवादमा प्रधानमन्त्री देउवाले खोप कूटनीतिमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द्र परियारले बताए । ‘प्रधानमन्त्रीले खोपलाई प्राथमिकता दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ । साथै, उहाँले अनुदान र खरिद दुवै प्रक्रियामा खोप ल्याउन नेपाल तयार रहेको प्रस्ट पार्नुभएको छ,’ उनले भने ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा देउवाले अमेरिकी सरकारसँग बालबालिका र किशोरकिशोरीका लागि आवश्यक खोप सहयोगका लागि आग्रह गरेका जनाइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री र विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ । त्यसका साथै उनीहरूबीच नेपालको विकासका प्राथमिकता, अमेरिकाको सहकार्य र मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनले जलवायु परिवर्तन र यसको असरका विषयमा समेत कुराकानी गरेका थिए । देउवाले ब्लिन्केनमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई र शुभकामना दिँदै मिलेर काम गर्ने इच्छा रहेको सन्देश पठाएका जनाइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको थियो ।
देउवा प्रधानमन्त्री भएको दुई साता भइसके पनि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बधाई दिन र संवाद गर्न वासिङ्टन डीसीभन्दा नयाँदिल्लीलाई रोजेका छन् । यसले कूटनीतिमा कस्तो सन्देश दिन्छ भन्ने प्रश्न भने पक्कै उठेको छ । कूटनीतिज्ञ अर्जुनकान्त मैनाली नयाँदिल्लीमा आएर अमेरिकी विदेशमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई गरेको टेलिफोनलाई सामान्य रूपमा लिनुपर्ने मान्छन् । ‘अमेरिकी विदेशमन्त्री यो क्षेत्रमा आउँदा नेपाललाई पनि सम्झिएका हुन्,’ उनले थपे ।
अमेरिकी विदेशमन्त्री भारतसम्म आउनु सामान्य भए पनि नेपाली भूमिमा नटेकेको १९ वर्ष भइसकेको छ । सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99