२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाघ दिवसमा पत्रकारद्वय जोशी र पौडेल नगदसहित सम्मानित

प्रकाशित मिति : २०७८ श्रावण १५ गते
- ADVERTISEMENT -

चितवन / बाघ दिवसको अवसरमा दुई जना पत्रकार सम्मानित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका संवाददाता रमेशकुमार पौडेललाई सम्मानित गरेको छ ।
निकुञ्जको कार्यालय कसरामा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकारद्धय जोशी र पौडेललाई नगद रु. १० हजारसहित खादा र सम्मानपत्रले सम्मान गरेको हो ।
सो अवसरमा वन संरक्षणमा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारका आश्रित २० जना बालबालिकाहरुलाई छात्रवृति सहित नगद रकम उपलव्ध गराएको छ । निकुञ्ज आसपासका क्षेत्रका २० जना विद्यार्थीहरुलाई नगद ८ हजार र स्टेशनरी छात्रवृतिको रुपमा उपलव्ध गराइएको हो ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुगांना, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामिछाने, निकुन्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारी लगायतले बाघको महत्व, संरक्षणमा गरिएका प्रयास र भावी योजनाबारे बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -