January 15, 2025
- ADVERTISEMENT -

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न प्रतिबद्ध

July 30, 2021

चितवन / गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहण अघि गृह जिल्ला चितवनमा उनले आज शुक्रबार पत्रकार भेटघाटमा संविधानभन्दा बाहिर कुनै पनि काम नगर्ने बताए ।
राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने उनले भने । पदमा रहुञ्जेल प्रदेशको विकासमा लाग्ने उनको भनाइ थियो । फरक प्रसंगमा उनले पार्टीको १४औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने घोषणा पनि गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -