January 24, 2025
- ADVERTISEMENT -

‘२२ तले धरहरा’ म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक (भिडियोसहित)

July 31, 2021

काठमाडौं / ‘२२ तले धरहरा’ म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । बुद्धलिङ मिडिया हाउसको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो बौद्व जोरपाटीमा शुक्रबारबाट युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
तामाङ चलचित्रका चर्चित निर्देशक तथा नायक अमिर दोङको प्रमुख आतिथ्यतामा सो म्युजिक भिडियो विमोचन गरिएको हो । प्रमुख अतिथि दोङले ‘२२ तले धरहरा’ म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उक्त म्यूजिक भिडियोमा विशाल दोङ र धिराज लोप्चनको शब्द रहेको छ भने संगीत च्वायस दोङको रहेको छ । स्वर च्वायस दोङ र रञ्जिता घिसिङ रहेको आयोजकले जनाएको छ ।
गीतको एरेञ्ज जोगलाल लामाले गरेको हो भने मिक्सिङ दिपेस प्रधानले गरेका थिए।
म्युजिक भिडियोमा मोडल युद्ध लामा (ब्लोन) र पुष्पाञ्जली लोप्चनले अभिनय गरेका छन् भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । निर्देशन तथा कोरियाग्राफी मोडल युद्ध लामा (ब्लोन) ले गरेको सो भिडियोको छायांकन, इडिट र कलर सुमन तामाङले गरेका हुन् ।
कार्यक्रममा नायकहरु ऋतुराज पाख्रिन, नायक टुल्साङ मोक्तान, गायक तथा संगीतकार सानुबाबु घिसिङ, गायक कोशिश थोकरलगायतको उपस्थिति रहेको थियो ।
निर्देशक तथा मोडल युद्ध तामाङ (ब्लोन)को संयोजकत्वमा सम्पन्न कार्यक्रममा छुडुप लामा दोङले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -