काठमाडौं / चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप एक साताभित्रै आउने जानकारी गराएका हुन् ।
केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६–१६ लाख डोज खोप दिने भनेका थिए। चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।
यस्तै, जापानले भने नेपालमा कोरोनाविरुद्धको खोप पहिलोपटक दिन लागेको हो । जापानले दिन लागेको खोप एन्ट्रेजेनेकाको हो। सरकारले उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीन र जापानको खोप : एकसातामै नेपाल आउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
