January 13, 2025
- ADVERTISEMENT -

अनलाईन मार्फत् फारम भरेकालाई भेरोसेल खोप लगाउन सुरु

August 6, 2021

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट कोरोनाभाइरस संक्रमण विरुद्ध खोप लगाउन अनलाईन मार्फत् फारम भरेका जिल्लाबासीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ ।
हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार हेटौंडाको वडा नम्वर १ देखि ११ नम्बरसम्मकालाई कोरोना विरुद्धको भेसेसेल खोप लगाउन अनलाईन फारम भरेकालाई मात्र खोप लगाउने कार्य सुरु हुनेछ ।
उनले पालिकाभित्रका सबै वडाको वडा स्वास्थ्य कार्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको जानकारी दिए । चौलागाईका अनुसार, आज स्वास्थ्य कार्यालय मकवानपुरबाट आएको १० हजार खोप लगाउने कार्यक्रमको तयारी रहेको छ ।
यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि दोस्रो डोज खोप लगाउने तयारी भइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -