काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै विहिबार नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गर्यो ।
देवी ज्ञवाली नेतृत्वको सो आयोग खाजेर गरिएको भन्दै विरोधमा निकालिएको जुलुसमा सुकुम्बासी भन्दा पनि बढी युवा संघका कार्यकर्ता देखिएका थिए ।
सोही जुलुसमा सहभागि एउटा युवाको तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । निधारमा कालो फेटा, बाँधेका ती युवाले ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस्’ लेखेको प्लेकार्ड बोकेका थिए ।
सामाजिक सञ्चालमा उनको तस्वीर भाइरल बन्नुको एउटै कारण भनेको ती युवाले घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका थिए । सामान्य बुझाइमा सुकुम्बासी भनेका घरबार बिहिन हुन्छन् । उनीहरुसंग महंगा सुनचाँदीका गरगहना हुँदैनन् । यदी भएपछि जुलुसमा प्रदर्शन गर्न जाँदैनन् भन्ने हो ।
तर सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि एकाएक उनको तस्वीर भाइरल बन्यो ।
उनी को हुन् भन्ने बारे हामीले जान्ने प्रयास गरेका थियौँ । उनको नाम वीरबहादुर श्रेष्ठ हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल काठमाडौंको कोटेश्वर बस्दै आएका छन् ।
उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको प्रतिक्रिया दिएका छन् ।
उक्त जुलुसमा कोरोना संक्रमणबाट बच्ने न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डसमेत अवलम्बन गरिएको थिएन । सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न र घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षामा सामग्रीहरु लगाउन अनुरोध गरेको भएपनि उक्त जुलुसमा त्यसो नगरिएको फेला परेको हो ।
- ADVERTISEMENT -
सुकुम्वासीको जुलुसमा सुनको सिक्रि लगाएका युवा एकाएक भाइरल !
August 6, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -